३ असार २०८१, सोमबार

११९९३ परिक्षण गर्दा देशभर थप ४१२ जनामा कोरोना पुष्टि


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १०१०६ जनामा पिसिआर परिक्षण गर्दा ३६३ जना र १८८७ जनामा एन्टीजेन परिक्षण गर्दा ४९ जना गरी ४१२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०२ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख ९८ हजार ९१६ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११४८३ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज १४५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा १०२ जना, ललितपुर जिल्लामा ३२ जना र भक्तपुर जिल्लामा १५ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ४५ लाख ३० हजार ६८६ पिसिआर परीक्षण भएको छ भने ७ लाख ४ हजार २५३ एन्टीजेन परीक्षण गरिएको छ भने ९९ जना क्वारेन्टाइनमा बसेका छन् ।

हाल देशभर ७ हजार ६३६ जना सक्रिय संक्रमित रहेका छन् । आजसम्म ८९ लाख ६१ हजार ८७१ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ७६ लाख ७५ हजार ८९९ जनाले पूर्ण मात्रा खोप जम्मा १ करोड ६६ लाख ३७ हजार ७७० मात्रा कोरोना खोप लगाई सकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !