७ पुस २०८१, आइतबार

देशभर थप १३९ जनामा कोरोना पुष्टि, ३९६ जना संक्रमणमुक्त


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २१३४ जनामा पिसिआर परिक्षण गर्दा १२८ जना र १७९८ जनामा एन्टीजेन परिक्षण गर्दा ११ जना गरी १३९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३९६ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख ९४ हजार ८३४ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११४३९ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा ५३ जना, ललितपुर जिल्लामा ९ जना र भक्तपुर जिल्लामा १२ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ४४ लाख ४९ हजार ६३४ पिसिआर परीक्षण भएको छ भने ६ लाख ७९ हजार २८४ एन्टीजेन परीक्षण गरिएको छ भने ११५ जना क्वारेन्टाइनमा बसेका छन् ।

हाल देशभर ८ हजार १४४ जना सक्रिय संक्रमित रहेका छन् । आजसम्म ८७ लाख ३६ हजार ५३२ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ७४ लाख ३४ हजार ७९७ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !