काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ५३१६ जनामा पिसिआर परिक्षण गर्दा २९७ जना र २५९५ जनामा एन्टीजेन परिक्षण गर्दा ७५ जना गरी ३७२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९११ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख ९१ हजार २६९ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११३९९ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा १०३ जना, ललितपुर जिल्लामा ४५ जना र भक्तपुर जिल्लामा २० जनामा कोरोना संक्रमण देखिएको छ ।
हालसम्म नेपालमा ४४ लाख १५ हजार ४३ पिसिआर परीक्षण भएको छ भने ६ लाख ५८ हजार ९५२ एन्टीजेन परीक्षण गरिएको छ भने २१२ जना क्वारेन्टाइनमा बसेका छन् ।
हाल देशभर ९ हजार ५२६ जना सक्रिय संक्रमित रहेका छन् । आजसम्म ८६ लाख ६७ हजार ४२७ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ७१ लाख ५२ हजार ३९ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।