७ बैशाख २०८१, शुक्रबार

देशभर थप ६७२ जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ७१६७ जनामा पिसिआर परिक्षण गर्दा ५८२ जना र २३२८ जनामा एन्टीजेन परिक्षण गर्दा ९० जना गरी ६७२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४९५ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख ८९ हजार १२५ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११३८० जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज २०२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा १३७ जना, ललितपुर जिल्लामा ५० जना र भक्तपुर जिल्लामा १५ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ४३ लाख ९३ हजार ७३४ पिसिआर परीक्षण भएको छ भने ६ लाख ५१ हजार २४९ एन्टीजेन परीक्षण गरिएको छ भने २१६ जना क्वारेन्टाइनमा बसेका छन् ।

हाल देशभर १० हजार ३७५ जना सक्रिय संक्रमित रहेका छन् । आजसम्म ८६ लाख ४९ हजार २५१ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ६७ लाख ७० हजार १५४ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !