१७ पुस २०८१, बुधबार

देशभर थप ६६६ जनामा कोरोना पुष्टि, ११ जनाको मृत्यु


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ९७७१ जनामा पिसिआर परिक्षण गर्दा ५६१ जना र २२४९ जनामा एन्टीजेन परिक्षण गर्दा ९७ जना गरी ६६६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६२२ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख ८८ हजार ६३० जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११३७२ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज २३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा १७७ जना, ललितपुर जिल्लामा ३३ जना र भक्तपुर जिल्लामा २५ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ४३ लाख ८६ हजार ५६७ पिसिआर परीक्षण भएको छ भने ६ लाख ४८ हजार ९२१ एन्टीजेन परीक्षण गरिएको छ भने २१७ जना क्वारेन्टाइनमा बसेका छन् ।

हाल देशभर १० हजार २९६ जना सक्रिय संक्रमित रहेका छन् । आजसम्म ८६ लाख ३२ हजार २९३ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ६७ लाख ९ हजार ९०५ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !