१२ आश्विन २०८१, शनिबार

देशभर थप ५१३ जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ४९७२ जनामा पिसिआर परिक्षण गर्दा ४३८ जना र १९५९ जनामा एन्टीजेन परिक्षण गर्दा ७५ जना गरी ५१३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८१७ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख ८६ हजार ६३० जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११३४५ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा १५० जना, ललितपुर जिल्लामा ३९ जना र भक्तपुर जिल्लामा २४ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ४३ लाख ६२ हजार ४५१ पिसिआर परीक्षण भएको छ भने ६ लाख ४२ हजार ५२८ एन्टीजेन परीक्षण गरिएको छ भने २२२ जना क्वारेन्टाइनमा बसेका छन् ।

हाल देशभर १० हजार ५५९ जना सक्रिय संक्रमित रहेका छन् । आजसम्म ८६ लाख ५ हजार ५५ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ६५ लाख ९८ हजार ५३० जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !