१० पुस २०८१, बुधबार

देशभर थप ७०८ जनामा कोरोना पुष्टि, ११ जनाको मृत्यु


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ७२५३ जनामा पिसिआर परिक्षण गर्दा ५७४ जना र २१२३ जनामा एन्टीजेन परिक्षण गर्दा १३४ जना गरी ७०८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९३२ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख ८५ हजार ८१३ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११३३७ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज २२२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा १७१ जना, ललितपुर जिल्लामा ३३ जना र भक्तपुर जिल्लामा १८ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ४३ लाख ५७ हजार ४७९ पिसिआर परीक्षण भएको छ भने ६ लाख ४० हजार ५६९ एन्टीजेन परीक्षण गरिएको छ भने २२३ जना क्वारेन्टाइनमा बसेका छन् ।

हाल देशभर १० हजार ९४६ जना सक्रिय संक्रमित रहेका छन् । आजसम्म ८५ लाख ९४ हजार २७४ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ६५ लाख ४६ हजार २३७ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !