१० पुस २०८१, बुधबार

देशभर थप १०९६ जनामा कोरोना पुष्टि, १२ जनाको मृत्यु


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ८१४० जनामा पिसिआर परिक्षण गर्दा ९५७ जना र १७७६ जनामा एन्टीजेन परिक्षण गर्दा १३९ जना गरी १०९६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १००४ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख ८३ हजार ३९७ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११३०५ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ३५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा २४३ जना, ललितपुर जिल्लामा ८७ जना र भक्तपुर जिल्लामा २४ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ४३ लाख ३६ हजार ६१८ पिसिआर परीक्षण भएको छ भने ६ लाख ३५ हजार ७९ एन्टीजेन परीक्षण गरिएको छ भने २२८ जना क्वारेन्टाइनमा बसेका छन् ।

हाल देशभर ११ हजार ८१५ जना सक्रिय संक्रमित रहेका छन् । आजसम्म ८५ लाख ६२ हजार ३६५ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ६४ लाख ८५ हजार ९२३ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !