७ बैशाख २०८१, शुक्रबार

देशभर थप ५९१ जनामा कोरोना पुष्टि, ९ जनाको मृत्यु


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ७६५४ जनामा पिसिआर परिक्षण गर्दा ५२३ जना र २०४३ जनामा एन्टीजेन परिक्षण गर्दा ६८ जना गरी ५९१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९३७ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख ८२ हजार ३९३ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११२९३ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा २०३ जना, ललितपुर जिल्लामा ४१ जना र भक्तपुर जिल्लामा ३० जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ४३ लाख २८ हजार ४७८ पिसिआर परीक्षण भएको छ भने ६ लाख ३३ हजार ३०३ एन्टीजेन परीक्षण गरिएको छ भने २२९ जना क्वारेन्टाइनमा बसेका छन् ।

हाल देशभर ११ हजार ८७४ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना सक्रिय संक्रमितमध्ये १० हजार ८४७ जना होम आइसोलेसनमा र १०२७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै २८० जना आईसीयूमा र ९९ जना भेन्टिलेटरमा रहेका छन् ।

आजसम्म ८४ लाख १५ हजार ६७ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ६४ लाख ७० हजार १९५ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !