१५ बैशाख २०८१, शनिबार

देशभर थप ३९१ जनामा कोरोना पुष्टि, ६८० जना संक्रमणमुक्त


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६९६६ जनामा पिसिआर परिक्षण गर्दा ३८५ जना र ११११ जनामा एन्टीजेन परिक्षण गर्दा ६ जना गरी ३९१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६८० जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख ८१ हजार ४५६ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७.०७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११२८४ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा ४३ लाख २० हजार ८२४ पिसिआर परीक्षण भएको छ भने ६ लाख ३१ हजार २६० एन्टीजेन परीक्षण गरिएको छ भने २३१ जना क्वारेन्टाइनमा बसेका छन् ।

हाल देशभर १२ हजार २९७ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना सक्रिय संक्रमितमध्ये ११ हजार २७८ जना होम आइसोलेसनमा र १०१९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै २९९ जना आईसीयूमा र ९८ जना भेन्टिलेटरमा रहेका छन् ।

आजसम्म ८३ लाख ८८ हजार ४०२ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ६४ लाख ६९ हजार १५९ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !