१३ मंसिर २०८१, बिहीबार

देशभर थप २७२ जनामा कोरोना पुष्टि, ७७७ जना संक्रमणमुक्त


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २०९२ जनामा पिसिआर परिक्षण गर्दा २४० जना र २६२० जनामा एन्टीजेन परिक्षण गर्दा ३२ जना गरी २७२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७७७ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख ७९ हजार ९३१ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९६.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११२७७ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा ८९ जना, ललितपुर जिल्लामा १८ जना र भक्तपुर जिल्लामा ११ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ४३ लाख १२ हजार ४१२ पिसिआर परीक्षण भएको छ भने ६ लाख २९ हजार ८२२ एन्टीजेन परीक्षण गरिएको छ भने २३१ जना क्वारेन्टाइनमा बसेका छन् ।

हाल देशभर १३ हजार ३०८ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना सक्रिय संक्रमितमध्ये १२ हजार २५० जना होम आइसोलेसनमा र १०५८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ३०७ जना आईसीयूमा र १०१ जना भेन्टिलेटरमा रहेका छन् ।

आजसम्म ८३ लाख ८८ हजार ४०२ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ६४ लाख ६९ हजार १५९ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !