काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ७०६० जनामा पिसिआर परिक्षण गर्दा ६९१ जना र २५५९ जनामा एन्टीजेन परिक्षण गर्दा १०१ जना गरी ७९२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९१० जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख ७७ हजार ७४१ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९६.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११२५७ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज २८७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा १९३ जना, ललितपुर जिल्लामा ५१ जना र भक्तपुर जिल्लामा ४३ जनामा कोरोना संक्रमण देखिएको छ ।
हालसम्म नेपालमा ४३ लाख ३ हजार २३१ पिसिआर परीक्षण भएको छ भने ६ लाख २२ हजार ४८३ एन्टीजेन परीक्षण गरिएको छ भने २३१ जना क्वारेन्टाइनमा बसेका छन् ।
हाल देशभर १४ हजार ५५४ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना सक्रिय संक्रमितमध्ये १३ हजार ४५९ जना होम आइसोलेसनमा र १०९५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ३०६ जना आईसीयूमा र १०२ जना भेन्टिलेटरमा रहेका छन् ।
आजसम्म ८३ लाख ८१ हजार ७२७ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ६४ लाख ६८ हजार ७७५ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।