काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ९२३७ जनामा पिसिआर परिक्षण गर्दा ५६५ जना र ३१६७ जनामा एन्टीजेन परिक्षण गर्दा १३ जना गरी ५९६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८७१ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख ७५ हजार ९४३ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९६.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११२३१ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज २४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा १७२ जना, ललितपुर जिल्लामा ५३ जना र भक्तपुर जिल्लामा १८ जनामा कोरोना संक्रमण देखिएको छ ।
हालसम्म नेपालमा ४२ लाख ८८ हजार ९३८ पिसिआर परीक्षण भएको छ भने ६ लाख १४ हजार ९६२ एन्टीजेन परीक्षण गरिएको छ भने २३४ जना क्वारेन्टाइनमा बसेका छन् ।
हाल देशभर १५ हजार २४ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना सक्रिय संक्रमितमध्ये १३ हजार ८५९ जना होम आइसोलेसनमा र ११६५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ३२२ जना आईसीयूमा र ११३ जना भेन्टिलेटरमा रहेका छन् ।
आजसम्म ८२ लाख २ हजार ५०२ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ६४ लाख २० हजार ६४४ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।