१२ आश्विन २०८१, शनिबार

देशभर थप ७६० जनामा कोरोना पुष्टि, ११ जनाको मृत्यु


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६१६८ जनामा पिसिआर परिक्षण गर्दा ६३६ जना र ५८६३ जनामा एन्टीजेन परिक्षण गर्दा १२४ जना गरी ७६० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८९९ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख ७५ हजार ७२ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९६.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११२२१ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज २२७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा १४५ जना, ललितपुर जिल्लामा ५७ जना र भक्तपुर जिल्लामा २५ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ४२ लाख ७९ हजार ७०१ पिसिआर परीक्षण भएको छ भने ६ लाख ११ हजार ७९५ एन्टीजेन परीक्षण गरिएको छ भने २३६ जना क्वारेन्टाइनमा बसेका छन् ।

हाल देशभर १५ हजार ३४० जना सक्रिय संक्रमित रहेका छन् । कोरोना सक्रिय संक्रमितमध्ये १४ हजार १६८ जना होम आइसोलेसनमा र ११७२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ३१७ जना आईसीयूमा र ११३ जना भेन्टिलेटरमा रहेका छन् ।

आजसम्म ८१ लाख २७ हजार २६२ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ६४ लाख ४६ हजार ९५७ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !