१२ आश्विन २०८१, शनिबार

देशभर थप ८६७ जनामा कोरोना पुष्टि, ११२३ जना संक्रमणमुक्त


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ५५९८ जनामा पिसिआर परिक्षण गर्दा ६५९ जना र २६२१ जनामा एन्टीजेन परिक्षण गर्दा २०८ जना गरी ८६७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११२३ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख ६७ हजार ८१९ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९६.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट १११५७ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा १६४ जना, ललितपुर जिल्लामा ६५ जना र भक्तपुर जिल्लामा २६ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ४२ लाख २१ हजार ९३ पिसिआर परीक्षण भएको छ भने ५ लाख ८३ हजार ७११ एन्टीजेन परीक्षण गरिएको छ भने २३९ जना क्वारेन्टाइनमा बसेका छन् ।

हाल देशभर १७ हजार ६४२ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना सक्रिय संक्रमितमध्ये १६ हजार ३७१ जना होम आइसोलेसनमा र १२७१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ३५० जना आईसीयूमा र ११२ जना भेन्टिलेटरमा रहेका छन् ।

आजसम्म ७६ लाख ९४ हजार ६०९ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ६३ लाख ४८ हजार २७९ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !