१३ बैशाख २०८१, बिहिबार

काठमाडौंमा आजदेखि १८ वर्ष माथिका सबैलाई कोरोनाविरुद्धको खोप दिइने


काठमाडौंमा कोरोनाविरुद्धको खोप दिइने

काठमाडौं । काठमाडौं जिल्लामा आजदेखि ३ दिनसम्म १८ वर्षमाथिका सबै नागरिकलाई कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप दिइने भएको छ ।

काठमाडौं जिल्ला सबै पालिकाका खोप केन्द्रबाट भेरोसेलको पहिलो डोज लगाउन सकिन्छ । खोप प्रदान गर्न काठमाडौंका १२ वटै पालिका र सात अस्पतालमा केन्द्र तोकिएको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले रक सूचना जारी गर्दै जानकारी दिए ।

खोप प्रदान गर्न काठमाडौं जिल्लाका १२ वटै पालिका र ७ अस्पतालमा केन्द्र तोकिएको छ । खोप लिनेले अनिवार्य अनलाइन फारम भर्नुपर्ने स्वास्थ्य कार्यालय काठमाडौंले बताएको छ ।

काठमाडौंमा कोरोनाविरुद्धको खोप दिइने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !