११ बैशाख २०८१, मंगलबार

देशभर थप १,७६० जनामा कोरोना पुष्टि, ७ जनाको मृत्यु


नेपाल कोरोना

काठमाडौं । आज नेपालमा थप १,७६० जनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १२ हजार ५२४ पीसीआर परीक्षणमा १,३३२ जना र ४,३२० एन्टिजेन परीक्षणमा ४२८ जना गरी कुल १,७६० जनामा संक्रमण भएको छ । त्यस्तै १२२० जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ४९५ संक्रमित छन् । काठमाडौंमा ३६०, ललितपुरमा ७२ र भक्तपुरमा ६३ जना संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !