२ जेष्ठ २०८१, बुधबार

देशभर थप १८९७ जनामा कोरोना पुष्टि, २० जनाको मृत्यु


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ११६०९ जनामा पिसिआर परिक्षण गर्दा १४८८ जना र ४३७० जनामा एन्टीजेन परिक्षण गर्दा ४०९ जना गरी १८९७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७४३ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख २८ हजार ९२८ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९४.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट १०८५८ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ६०६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा ४१८ जना, ललितपुर जिल्लामा ८७ जना र भक्तपुर जिल्लामा १०१ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ३९ लाख ६९ हजार ७२१ पिसिआर परीक्षण भएको छ भने ४ लाख ९२ हजार ११४ एन्टीजेन परीक्षण गरिएको छ भने २६० जना क्वारेन्टाइनमा बसेका छन् ।

हाल देशभर ३० हजार ९७३ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना सक्रिय संक्रमितमध्ये २८ हजार ९११ जना होम आइसोलेसनमा र २०६२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ५१२ जना आईसीयूमा र १६३ जना भेन्टिलेटरमा रहेका छन् ।

आजसम्म ५५ लाख ७३ हजार ४१९ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ४९ लाख ६२ हजार ७५९ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !