१७ पुस २०८१, बुधबार

देशभर थप १८०१ जनामा कोरोना पुष्टि, २४ जनाको मृत्यु


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ८७०४ जनामा पिसिआर परिक्षण गर्दा १५४८ जना र २६२२ जनामा एन्टीजेन परिक्षण गर्दा २५३ जना गरी १८०१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९२४ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख ९७ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९३.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा २४ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट १०५३३ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ७०८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा ४४१ जना, ललितपुर जिल्लामा १६७ जना र भक्तपुर जिल्लामा १०० जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ३८ लाख ३९ हजार ३९५ पिसिआर परीक्षण भएको छ भने ४ लाख ३५ हजार १७७ एन्टीजेन परीक्षण गरिएको छ भने ३९३ जना क्वारेन्टाइनमा बसेका छन् ।

हाल देशभर ३८ हजार ३५१ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना सक्रिय संक्रमितमध्ये ३५ हजार १३२ जना होम आइसोलेसनमा र ३२१९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ६७९ जना आईसीयूमा र १७६ जना भेन्टिलेटरमा रहेका छन् ।

आजसम्म ४९ लाख ४३ हजार ७३२ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ३८ लाख ५७ हजार ५९८ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !