१९ बैशाख २०८१, बुधबार

११ र १२ का विद्यार्थीलाई काठमाडौंमा आजदेखि कोरोना खोप लगाइँदै


विद्यार्थीलाई कोरोना खोप लगाइँदै फाइल फोटो

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि कक्षा ११ र १२ का विद्यार्थीलाई कोरोना भाइरस (कोभिड-१९) विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाउने भएको छ ।

महानगरले आजदेखि १८ वर्षमाथिका प्लस टु अध्ययनरत र विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीलाई खोप दिन लागेको हो ।

आजदेखि नै काठमाडौंमा ४० वर्षमाथिका नागरिकलाई पनि भेरोसेल खोपको पहिलो डोज दिइने महानगरले जनाएको छ । महानगरका अनुसार खोप अभियान महानगरका ३२ वटै वडामा भदौ ४, ५, र ८ गते सञ्चालन हुने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !