१२ असार २०८१, बुधबार

देशभर थप ३०७५ जनामा कोरोना पुष्टि, ३३ जनाको मृत्यु


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ११९४६ जनामा पिसिआर परिक्षण गर्दा २३२१ जना र ४९९२ जनामा एन्टीजेन परिक्षण गर्दा ७५४ जना गरी ३०७५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१२६ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ६ लाख ९१ हजार २९९ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९३.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट १०४२९ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ८६७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा ६३९ जना, ललितपुर जिल्लामा १२७ जना र भक्तपुर जिल्लामा १०१ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ३८ लाख ३ हजार १५ पिसिआर परीक्षण भएको छ भने ४ लाख १६ हजार ९८६ एन्टीजेन परीक्षण गरिएको छ भने ३८५ जना क्वारेन्टाइनमा बसेका छन् ।

हाल देशभर ४० हजार ५०० जना सक्रिय संक्रमित रहेका छन् । कोरोना सक्रिय संक्रमितमध्ये ३७ हजार ११४ जना होम आइसोलेसनमा र ३३८६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ७३९ जना आईसीयूमा र १६८ जना भेन्टिलेटरमा रहेका छन् ।

आजसम्म ४८ लाख १७ हजार ९८५ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ३७ लाख ८ हजार ६८८ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !