२० असार २०८१, बिहिबार

देशभर थप ३९१५ जनामा कोरोना पुष्टि, २७ जनाको मृत्यु


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ११७०८ जनामा पिसिआर परिक्षण गर्दा २७६३ जना र ६८७४ जनामा एन्टीजेन परिक्षण गर्दा ११५२ जना गरी ३९१५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २११८ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ६ लाख ७९ हजार ४९५ जना पुगेको छ । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट १०२३९ जनाको मृत्यु भईसकेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज १०८९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा ७९९ जना, ललितपुर जिल्लामा १२८ जना र भक्तपुर जिल्लामा १६२ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ३७ लाख ४० हजार ८१७ पिसिआर परीक्षण भएको छ भने ३ लाख ८६ हजार ९२९ एन्टीजेन परीक्षण गरिएको छ भने ४३९ जना क्वारेन्टाइनमा बसेका छन् ।

कोरोना सक्रिय संक्रमितमध्ये ३५ हजार ५१८ जना होम आइसोलेसनमा र ३२८० जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ७३६ जना आईसीयूमा र १८६ जना भेन्टिलेटरमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !