२० असार २०८१, बिहिबार

देशभर थप ३२६० जनामा कोरोना पुष्टि, ३२ जनाको मृत्यु


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १०८०६ जनामा पिसिआर परिक्षण गर्दा २४७३ जना र ४६५६ जनामा एन्टीजेन परिक्षण गर्दा ७८७ जना गरी ३२६० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२९४ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ६ लाख ७७ हजार ३७७ जना पुगेको छ । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा ३२ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट १०२१२ जनाको मृत्यु भईसकेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ११३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा ८११ जना, ललितपुर जिल्लामा १९२ जना र भक्तपुर जिल्लामा १३० जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ३७ लाख २९ हजार १०९ पिसिआर परीक्षण भएको छ भने ३ लाख ८० हजार ५५ एन्टीजेन परीक्षण गरिएको छ भने ४४१ जना क्वारेन्टाइनमा बसेका छन् ।

कोरोना सक्रिय संक्रमितमध्ये ३४ हजार ८३८ जना होम आइसोलेसनमा र ३३४२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ७३७ जना आईसीयूमा र १८३ जना भेन्टिलेटरमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !