२० पुस २०८१, शनिबार

देशभर थप ३७२९ जनामा कोरोना पुष्टि, २५ जनाको मृत्यु


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ९४९३ जनामा पिसिआर परिक्षण गर्दा २४३० जना र ६१८२ जनामा एन्टीजेन परिक्षण गर्दा १२९९ जना गरी ३७२९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा पिसिआर परिक्षणद्वारा कोरोना संक्रमितको संख्या ७ लाख १० हजार ५०९ जना पुगेको छ भने एन्टीजेन परिक्षणद्वारा कोरोना संक्रमितको संख्या ६७ हजार ८० जना पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८८५ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ६ लाख ६५ हजार ५४८ जना पुगेको छ । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा २५ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट १००१९ जनाको मृत्यु भईसकेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ७०१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा ४७१ जना, ललितपुर जिल्लामा १४७ जना र भक्तपुर जिल्लामा ८३ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ३६ लाख ६५ हजार ८३५ पिसिआर परीक्षण भएको छ भने ३ लाख ४९ हजार ५४३ एन्टीजेन परीक्षण गरिएको छ भने ३५६ जना क्वारेन्टाइनमा बसेका छन् ।

कोरोना सक्रिय संक्रमितमध्ये ३१ हजार ४२७ जना होम आइसोलेसनमा र ३५१५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ७३२ जना आईसीयूमा र १५८ जना भेन्टिलेटरमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !