२० असार २०८१, बिहिबार

देशभर थप ३९३८ जनामा कोरोना पुष्टि, ३७ जनाको मृत्यु


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ११८७० जनामा पिसिआर परिक्षण गर्दा ३००७ जना र ६५३८ जनामा एन्टीजेन परिक्षण गर्दा ९३१ जना गरी ३९३८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा पिसिआर परिक्षणद्वारा कोरोना संक्रमितको संख्या ७ लाख ८ हजार ७९ जना पुगेको छ भने एन्टीजेन परिक्षणद्वारा कोरोना संक्रमितको संख्या ६५ हजार ७८१ जना पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०१२ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ६ लाख ६३ हजार ६६३ जना पुगेको छ । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा ३७ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ९९९४ जनाको मृत्यु भईसकेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज १०७५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा ७६६ जना, ललितपुर जिल्लामा १६३ जना र भक्तपुर जिल्लामा १४६ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ३६ लाख ५६ हजार ३४२ पिसिआर परीक्षण भएको छ भने ३ लाख ४३ हजार ३६१ एन्टीजेन परीक्षण गरिएको छ भने ३७५ जना क्वारेन्टाइनमा बसेका छन् ।

कोरोना सक्रिय संक्रमितमध्ये ३१ हजार १०८ जना होम आइसोलेसनमा र ३३१४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ७१३ जना आईसीयूमा र १५८ जना भेन्टिलेटरमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !