५ जेष्ठ २०८१, शनिबार

देशभर थप २६७६ जनामा कोरोना पुष्टि, १७५७ जना संक्रमणमुक्त


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ८२५६ जनामा पिसिआर परिक्षण गर्दा १७८२ जना र ४५१२ जनामा एन्टीजेन परिक्षण गर्दा ८९४ जना गरी २६७६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा पिसिआर परिक्षणद्वारा संक्रमितको संख्या ६ लाख ६२ हजार ५७० जना र एन्टीजेन परिक्षणद्वारा संक्रमितको संख्या ४६ हजार ८६७ जना पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७५७ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ६ लाख २६ हजार ४६८ जना पुगेको छ । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ९४६३ जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा ३४ लाख ४६ हजार ५८६ पिसिआर परीक्षण भएको छ भने २ लाख ५२ हजार ५४ एन्टीजेन परीक्षण गरिएको छ भने २९२ जना क्वारेन्टाइनमा बसेका छन् ।

कोरोना सक्रिय संक्रमितमध्ये २४ हजार २५ जना होम आइसोलेसनमा र २६१४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ६०२ जना आईसीयूमा र १७१ जना भेन्टिलेटरमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !