५ जेष्ठ २०८१, शनिबार

देशभर थप २९०५ जनामा कोरोना पुष्टि, १६०६ जना संक्रमणमुक्त


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ८१०८ जनामा पिसिआर परिक्षण गर्दा २०१० जना र ४९१६ जनामा एन्टीजेन परिक्षण गर्दा ८९५ जना गरी २९०५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६०६ जनाले कोरोना जितेका छन् ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ९४३० जनाको मृत्यु भईसकेको छ । कोरोना सक्रिय संक्रमितमध्ये २४ हजार ९९ जना होम आइसोलेसनमा र २५४८ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज काठमाडौं जिल्लामा २९४ जना, ललितपुर जिल्लामा ६२ जना र भक्तपुर जिल्लामा ६७ जनामा कोरोना संक्रमण देखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !