३ जेष्ठ २०८१, बिहिबार

पछिल्लो २४ घण्टामा थपिए १,८७५ कोरोना संक्रमित, २९ जनाको मृत्यु


नेपाल कोरोना

काठमाडौं । पछिल्लो २४ घण्टामा १,८७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ५,३७४ पीसीआर परीक्षण गर्दा १,२१८ जना र ५१३० एन्टिजेन परीक्षण गर्दा ६५७ गरी १,८७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २९ जनाको मृत्यु भएको छ भने १ हजार २८६ जना निको भएका छन् । बिहीबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ५१ हजार ३८० पुगेको छ । तीमध्ये ९ हजार ३२० जनाको मृत्यु भएको छ भने ६ लाख १५ हजार ६१३ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ४४७ जना रहेका छन् । जसमध्ये २३ हजार ६९२ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ७५५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ५७२ जना आईसीयू र १५७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !