![नेपाल कोरोना](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/Corona-Death-in-Nepal234.jpg?fit=1306%2C673&ssl=1)
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ७४९९ जनामा पिसिआर परिक्षण गर्दा १७४५ जना र ४०२८ जनामा एन्टीजेन परिक्षण गर्दा ८७७ जना गरी २६२२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा पिसिआर परिक्षणद्वारा संक्रमितको संख्या ६ लाख ४६ हजार ३६७ जना र एन्टीजेन परिक्षणद्वारा संक्रमितको संख्या ३८ हजार ९९४ जना पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२११ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ६ लाख ११ हजार ४२९ जना पुगेको छ । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा २३ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ९२४८ जनाको मृत्यु भईसकेको छ ।
हालसम्म नेपालमा ३३ लाख ७६ हजार ४१ पिसिआर परीक्षण भएको छ भने २ लाख ८ हजार २७६ एन्टीजेन परीक्षण गरिएको छ भने ३१७ जना क्वारेन्टाइनमा बसेका छन् ।
कोरोना सक्रिय संक्रमितमध्ये २२ हजार ९९८ जना होम आइसोलेसनमा र २६९२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ५७१ जना आईसीयूमा र १८० जना भेन्टिलेटरमा रहेका छन् ।