२ असार २०८१, शनिबार

देशभर थप १६०३ जनामा कोरोना पुष्टि, २५५२ जना संक्रमणमुक्त


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ४८७६ जनामा पिसिआर परिक्षण गर्दा १०४२ जना र ३२५६ जनामा एन्टीजेन परिक्षण गर्दा ५६१ जना गरी १६०३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा पिसिआर परिक्षणद्वारा संक्रमितको संख्या ६ लाख ४४ हजार ६२२ जना र एन्टीजेन परिक्षणद्वारा संक्रमितको संख्या ३८ हजार ११७ जना पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५५२ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ६ लाख ९ हजार २१८ जना पुगेको छ । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ९२२५ जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा ३३ लाख ६८ हजार ५४२ पिसिआर परीक्षण भएको छ भने २ लाख ४ हजार २४८ एन्टीजेन परीक्षण गरिएको छ भने २९५ जना क्वारेन्टाइनमा बसेका छन् ।

कोरोना सक्रिय संक्रमितमध्ये २३ हजार २२८ जना होम आइसोलेसनमा र २९५१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ६०८ जना आईसीयूमा र १८१ जना भेन्टिलेटरमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !