६ जेष्ठ २०८१, आइतबार

देशभर थप २३२८ जनामा कोरोना पुष्टि, ३०६६ जना संक्रमणमुक्त


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ५८२७ जनामा पिसिआर परिक्षण गर्दा १५२७ जना र ४२९६ जनामा एन्टीजेन परिक्षण गर्दा ८०१ जना गरी २३२८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा पिसिआर परिक्षणद्वारा संक्रमितको संख्या ६ लाख ४३ हजार ५८० जना र एन्टीजेन परिक्षणद्वारा संक्रमितको संख्या ३७ हजार ५५६ जना पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३०६६ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ६ लाख ६ हजार ६६६ जना पुगेको छ । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ९१९८ जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा ३३ लाख ६३ हजार ६६६ पिसिआर परीक्षण भएको छ भने २ लाख ९९२ एन्टीजेन परीक्षण गरिएको छ भने २९५ जना क्वारेन्टाइनमा बसेका छन् ।

कोरोना सक्रिय संक्रमितमध्ये २४ हजार ६७५ जना होम आइसोलेसनमा र ३०४१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ६२७ जना आईसीयूमा र १८१ जना भेन्टिलेटरमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !