६ जेष्ठ २०८१, आइतबार

देशभर थप २७६० जनामा कोरोना पुष्टि, ४०१७ जना संक्रमणमुक्त


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ७१३० जनामा पिसिआर परिक्षण गर्दा १८५७ जना र ३८५५ जनामा एन्टीजेन परिक्षण गर्दा ९०३ जना गरी २७६० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ७६ हजार ५०९ जना पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४०१७ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ६ लाख १४९ जना पुगेको छ । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ९१४५ जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा ३३ लाख ५१ हजार २६३ पिसिआर परीक्षण भएको छ भने १ लाख ९२ हजार ६६६ एन्टीजेन परीक्षण गरिएको छ । सक्रिय कोरोना संक्रमितको संख्या ३१ हजार ३६८ जना रहेको छ ।

कोरोना सक्रिय संक्रमितमध्ये २८ हजार ३७४ जना होम आइसोलेसनमा र २९९४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ६२९ जना आईसीयूमा र १८१ जना भेन्टिलेटरमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !