६ जेष्ठ २०८१, आइतबार

देशभर थप २६३६ जनामा कोरोना पुष्टि, ४३४८ जना संक्रमणमुक्त


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ७२५९ जनामा पिसिआर परिक्षण गर्दा १७२८ जना र ४४८९ जनामा एन्टीजेन परिक्षण गर्दा ९०८ जना गरी २६३६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ७० हजार ८५७ जना पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४३४८ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ५ लाख ९२ हजार ५३५ जना पुगेको छ । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ९०७१ जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा ३३ लाख ३६ हजार ९४६ पिसिआर परीक्षण भएको छ भने १ लाख ८४ हजार ४३० एन्टीजेन परीक्षण गरिएको छ । सक्रिय कोरोना संक्रमितको संख्या ३५ हजार ३१० जना रहेको छ भने ३३८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना सक्रिय संक्रमितमध्ये ३२ हजार ३४९ जना होम आइसोलेसनमा र २९६१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ६४९ जना आईसीयूमा र १८४ जना भेन्टिलेटरमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !