४ बैशाख २०८१, मंगलबार

देशभर थप २४७४ जनामा कोरोना पुष्टि, २५१८ जना संक्रमणमुक्त


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ७२३५ जनामा पिसिआर परिक्षण गर्दा १५७७ जना र ४९९७ जनामा एन्टीजेन परिक्षण गर्दा ८९७ जना गरी २४७४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ५९ हजार ३६५ जना पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५१८ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ५ लाख ७० हजार ९५८ जना पुगेको छ । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा २४ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ८९१८ जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा ३३ लाख २ हजार ७४९ पिसिआर परीक्षण भएको छ । सक्रिय कोरोना संक्रमितको संख्या ४९ हजार ५५५ जना रहेको छ भने ३८८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना सक्रिय संक्रमितमध्ये ४६ हजार ५०२ जना होम आइसोलेसनमा र ३०५३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ७३६ जना आईसीयूमा र २०७ जना भेन्टिलेटरमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !