१४ बैशाख २०८१, शुक्रबार

थप २४०१ जनामा कोरोना पुष्टि, ३६६० जना संक्रमणमुक्त


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ७०१० जनामा पिसिआर परिक्षण गर्दा १६८८ जना र ४६८६ जनामा एन्टीजेन परिक्षण गर्दा ७१३ जना गरी २४०१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा पिसिआर परिक्षणद्वारा कोरोना संक्रमितको संख्या ६ लाख १९ हजार ६३५ जना पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३६६० जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ५ लाख ५३ हजार ३४२ जना पुगेको छ । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा ३४ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ८६७५ जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा ३२ लाख ६२ हजार ५८९ पिसिआर परीक्षण भएको छ । सक्रिय कोरोना संक्रमितको संख्या ५७ हजार ६१८ जना रहेको छ भने ४४१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना सक्रिय संक्रमितमध्ये ५३ हजार ७३३ जना होम आइसोलेसनमा र ३८८५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ८७४ जना आईसीयूमा र २५८ जना भेन्टिलेटरमा रहेका छन् ।

मन्त्रालयले उपलब्ध गराएको विवरणमा हालसम्म २५ लाख १९६ ले कोरोना विरुद्धको पहिलो मात्राको खोप लगाएका छन् । दोस्रो मात्रा खोप लगाउनेको सङ्ख्या ७ लाख ३१ हजार ६५३ पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !