१४ बैशाख २०८१, शुक्रबार

थप २७४५ जनामा कोरोना पुष्टि, ४१८७ जना संक्रमणमुक्त


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ७४४९ जनामा पिसिआर परिक्षण गर्दा १६८१ जना र ५८४१ जनामा एन्टीजेन परिक्षण गर्दा १०६४ जना गरी २७४५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा पिसिआर परिक्षणद्वारा कोरोना संक्रमितको संख्या ६ लाख १२ हजार २०२ जना पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४१८७ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ५ लाख ४० हजार ४३९ जना पुगेको छ । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा ४१ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ८५०६ जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा ३२ लाख ३१ हजार ६१२ पिसिआर परीक्षण भएको छ । सक्रिय कोरोना संक्रमितको संख्या ६३ हजार २५७ जना रहेको छ भने ५१५ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना सक्रिय संक्रमितमध्ये ५८ हजार ८६८ जना होम आइसोलेसनमा र ४३८९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ९६७ जना आईसीयूमा र २८५ जना भेन्टिलेटरमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !