१२ आश्विन २०८१, शनिबार

एकैदिन ५०४२ जनामा कोरोना पुष्टि, ८२४३ जना संक्रमणमुक्त


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ११४७१ जनामा पिसिआर परिक्षण गर्दा ३५४० जना र ५३४३ जनामा एन्टीजेन परिक्षण गर्दा १५०२ जना गरी ५०४२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ८५ हजार १०० जना पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८२४३ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ४ लाख ८४ हजार ३७३ जना पुगेको छ । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा ६८ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ७७९९ जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा ३१ लाख ३२ हजार ५९१ पिसिआर परीक्षण भएको छ । सक्रिय कोरोना संक्रमितको संख्या ९२ हजार ९२८ जना रहेको छ भने ७५५ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना सक्रिय संक्रमितमध्ये ८६ हजार २६८ जना होम आइसोलेसनमा र ६६६० जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै १४५१ जना आईसीयूमा र ३८४ जना भेन्टिलेटरमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !