२ मंसिर २०८१, आइतबार

वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत ५ जना कोरोना संक्रमितको मृत्यु


नारायणी अस्पताल

पर्सा । बितेका २४ घण्टाभित्र वीरगञ्जको नारायणी अस्पतालमा भर्ना रहेका ५ जना कोरोना भाइरस (कोभिड-१९) संकमितको उपचारका क्रममा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या तथा कडा निमोनियाबाट ग्रसित रहेका ४ जना पुरुष र १ जना महिला संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका निवासी २ जना र रौतहट निवासी ३ जना कोरोना सङ्क्रमित रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासले जानकारी दिए ।

उनले वीरगञ्ज–१६ नगवा निवासी ५५ वर्षीय पुरुषको बिहीबार दिउँसो १२ः२० बजे र वीरगञ्ज–१७ अलों निवासी ८० वर्षीय पुरुषको बिहीबार बिहान ७ः०० बजे उपचारका क्रममा मृत्यु भएको बताए ।

त्यसैगरी रौतहटको गौर नगरपालिका–७ निवासी ७० वर्षीया महिलाको बिहीबार बिहान २ः३०, बरथवा नगरपालिका–५ निवासी ५५ वर्षीय पुरुषको बिहीबार राति ९ः५५ र रौतहटकै रौधामाई नगरपालिका–६ निवासी ४० वर्षीय पुरुषको राति ८ः५० बजे उपचारका क्रममा मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !