१२ आश्विन २०८१, शनिबार

एकैदिन ५३१६ जनामा कोरोना पुष्टि, ७२१९ जना संक्रमणमुक्त


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १३८०५ जनामा पिसिआर परिक्षण गर्दा ४५२४ जना र ३०७३ जनामा एन्टीजेन परिक्षण गर्दा ७९२ जना गरी ५३१६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ७१ हजार ९०३ जना पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७२१९ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ४ लाख ६१ हजार ५६३ जना पुगेको छ । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा १०१ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ७६५५ जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा ३० लाख ८८ हजार ३७६ पिसिआर परीक्षण भएको छ । सक्रिय कोरोना संक्रमितको संख्या १ लाख १ हजार ९९३ जना रहेको मन्त्रालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !