१२ आश्विन २०८१, शनिबार

एकैदिन ४७६२ जनामा कोरोना पुष्टि, ६४९१ जना संक्रमणमुक्त


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १५०५५ जनामा पिसिआर परिक्षण गर्दा ४१७८ जना र २४२५ जनामा एन्टीजेन परिक्षण गर्दा ५८४ जना गरी ४७६२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ६१ हजार ३०२ जना पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६४९१ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ४ लाख ४७ हजार ४४६ जना पुगेको छ । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा ११४ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ७३८६ जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा ३० लाख ५७ हजार ४२४ पिसिआर परीक्षण भएको छ । सक्रिय कोरोना संक्रमितको संख्या १ लाख ६ हजार ४७० जना रहेको छ भने ६८९ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !