१२ आश्विन २०८१, शनिबार

संक्रमित भन्दा निको हुने बढी : ४४८७ कोरोना पुष्टि, ६०८० संक्रमणमुक्त


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १४००६ जनामा पिसिआर परिक्षण गर्दा ४३११ जना र ७४६ जनामा एन्टीजेन परिक्षण गर्दा १७६ जना गरी ४४८७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ५३ हजार ४२२ जना पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६०८० जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ४ लाख ३४ हजार ७५० जना पुगेको छ । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा ११६ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ७१६३ जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा ३० लाख ३१ हजार ३८३ पिसिआर परीक्षण भएको छ । सक्रिय कोरोना संक्रमितको संख्या १ लाख ११ हजार ५०९ जना रहेको छ भने ८९१ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना सक्रिय संक्रमितमध्ये १ लाख ३ हजार ७०० जना होम आइसोलेसनमा र ७८०९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै १६१४ जना आईसीयूमा र ४५७ जना भेन्टिलेटरमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !