१२ आश्विन २०८१, शनिबार

आज पनि संक्रमित भन्दा निको हुनेको संख्या बढी : ६९३९ कोरोना पुष्टि, ७२२६ संक्रमणमुक्त


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २०४१४ जनामा पिसिआर परिक्षण गर्दा ६७३१ जना र ५७८ जनामा एन्टीजेन परिक्षण गर्दा २०८ जना गरी ६९३९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ४२ हजार २५६ जना पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७२२६ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ४ लाख १८ हजार ८२९ जना पुगेको छ । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा १०६ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ६९५१ जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा २९ लाख ९८ हजार ६४ पिसिआर परीक्षण भएको छ । सक्रिय कोरोना संक्रमितको संख्या १ लाख १६ हजार ४७६ जना रहेको छ भने १००९ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना सक्रिय संक्रमितमध्ये १ लाख ८ हजार ६२६ जना होम आइसोलेसनमा र ७८५० जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै १६४५ जना आईसीयूमा र ४५७ जना भेन्टिलेटरमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !