१२ आश्विन २०८१, शनिबार

एकैदिन ८६३६ जनामा कोरोना पुष्टि, ६४०४ जना संक्रमणमुक्त


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २२३०६ जनामा पिसिआर परिक्षण गर्दा ८३८७ जना र ६३० जनामा एन्टीजेन परिक्षण गर्दा २४९ जना गरी ८६३६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख २८ हजार ८४८ जना पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६४०४ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ४ लाख ४ हजार ८८७ जना पुगेको छ । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा १६९ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ६७०० जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा २९ लाख ५८ हजार ६२० पिसिआर परीक्षण भएको छ । सक्रिय कोरोना संक्रमितको संख्या १ लाख १७ हजार २६१ जना रहेको छ भने ९१४ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना सक्रिय संक्रमितमध्ये १ लाख ८ हजार ४२८ जना होम आइसोलेसनमा र ८८३३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै १६७२ जना आईसीयूमा र ४४७ जना भेन्टिलेटरमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !