६ जेष्ठ २०८१, आइतबार

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जिते कोरोनालाई


विश्वप्रकाश शर्मा फाइल फोटो

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा कोरोना भाइरस (कोभिड-१९) संक्रमणमुक्त भएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा आज मंगलबार लेख्दै उनले आफुसँगै परिवारका सबै सदस्य कोरोना संक्रमणमुक्त भएको बताएका छन् ।

उनले लेखेका छन्, ‘कोरोनामाथि विजय हासिल गर्न सफल भएका छौं हामि ! शारीरिक कमजोरी केहि समय रहला तर अब संक्रमणमुक्त बनेका छौं l सबै मित्रको शुभेच्छा र चिकित्सकहरुको मार्ग निर्देशनप्रति हृदयले आभारि छौँ l कोरोनाबाट सजगतासाथ जोगिन सबैलाई अपील गर्दै,संक्रमितहरुलाई उच्च मनोबल राख्नुहुन आग्रह गर्दछौं l’

प्रवक्ता शर्मालाई गत वैशाख २० गते कोरोना संक्रमण पुष्टि भएपछि घरमै आइसोलेशनमा बसेका थिए । उनी र उनको परिवार ३ हप्तापछि कोरोना संक्रमणमुक्त भएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !