१२ आश्विन २०८१, शनिबार

एकैदिन ७४२५ जनामा कोरोना पुष्टि, ७१३५ जना संक्रमणमुक्त


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १९८४६ जनामा पिसिआर परिक्षण गर्दा ७२२० जना र ६०७ जनामा एन्टीजेन परिक्षण गर्दा २०५ जना गरी ७४२५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख २० हजार ४६१ जना पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७१३५ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ३ लाख ९८ हजार ४८३ जना पुगेको छ । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा १८५ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ६५३१ जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा २९ लाख ३६ हजार ३१४ पिसिआर परीक्षण भएको छ । सक्रिय कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ४४७ जना रहेको छ भने ९२४ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना सक्रिय संक्रमितमध्ये १ लाख ८ हजार ७१ जना होम आइसोलेसनमा र ७३७६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै १६९७ जना आईसीयूमा र ४६७ जना भेन्टिलेटरमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !