१२ आश्विन २०८१, शनिबार

एकैदिन ८९८० जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ५ लाख नाघ्यो


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १९३५७ जनामा पिसिआर परिक्षण गर्दा ८६९१ जना र ७४८ जनामा एन्टीजेन परिक्षण गर्दा ३८९ जना गरी ८९८० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ५ लाख नाघेर ५ लाख ५ हजार ६४३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८८४८ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ३ लाख ८३ हजार ६८४ जना पुगेको छ । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा १२९ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ६१५३ जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा २८ लाख ९७ हजार ५०३ पिसिआर परीक्षण भएको छ । सक्रिय कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ८०६ जना रहेको छ भने ८८६ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना सक्रिय संक्रमितमध्ये १ लाख ८ हजार १०३ जना होम आइसोलेसनमा र ७७०३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै १७३२ जना आईसीयूमा र ५२३ जना भेन्टिलेटरमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !