४ मंसिर २०८१, मंगलबार

नेपालमा कोरोना भाइरसको थप नयाँ भेरियन्ट भेटियो


स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसको थप नयाँ भेरियन्ट पत्ता लागेको बताएको छ । मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले एउटा विज्ञप्ति जारी गर्दै नेपालमा भारतीय भेरियन्टको कोरोना भाइरस फैलिएको पुष्टि भएको जानकारी दिएका हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै नेपालमा परिवर्तित भाइरसहित तीन किसिमका भेरियन्ट रहेको पुष्टि भएको हो । मन्त्रालयका अनुसार गत साता देशका विभिन्न स्थानबाट ३५ नमुना संकलन गरेर जिन सिक्वेन्सिङ गरिएको थियो ।

ती संकलित नमूनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा भारतमा गरिएको जिन स्क्विन्सिङको मंगलबार प्राप्त नजिताअनुसार ९७ प्रतिशत अर्थात् ३४ वटा नमूनामा बी १.६१७.२ (B.1.617.2) र तीन प्रतिशत अथवा एउटा नमुनामा बी १.६१७.१ (B.1.617.1) पुष्टि भएको हो ।

यो दुबै भेरियन्ट भारतमा पहिलो पटक भेटिएको थियो । विश्व स्वास्थ्य संगठनले नयाँ भेरियन्टलाई ‘भेरियन्ट अफ कन्सर्न’ भनेको थियो । नयाँ भेरियन्ट सबै उमेर समूहमा धेरै संक्रामक रहेको अध्ययनहरुबाट पाइएको मन्त्रालयले बताएको छ ।

यस्तो छ स्वास्थ्य मन्त्रालय निकालेको प्रेस विज्ञप्ति

नेपालमा कोरोना भाइरसको थप नयाँ भेरियन्ट पत्ता भेटियो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !