१ असार २०८१, शुक्रबार

नेपालमा एकैदिन ८२०३ जनामा कोरोना संक्रमण पुष्टि


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २०२८६ जनामा पिसिआर परिक्षण गर्दा ८१३६ जना र ६९३ जनामा एन्टीजेन परिक्षण गर्दा ६७ जना गरी ८२०३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४ लाख ७२ हजार ३५४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६८९१ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ३ लाख ५२ हजार ४१४ जना पुगेको छ । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा १९६ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ५४११ जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा २८ लाख १२ हजार ९५९ पिसिआर परीक्षण भएको छ । सक्रिय कोरोना संक्रमितको संख्या १ लाख १४ हजार ५२९ जना रहेको छ भने ७५२ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना सक्रिय संक्रमितमध्ये १ लाख ७ हजार ८२ जना होम आइसोलेसनमा र ७४४७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै १५९० जना आईसीयूमा र ३९० जना भेन्टिलेटरमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !