१२ बैशाख २०८१, बुधबार

एकैदिन ८५२० जनामा कोरोना पुष्टि, ६१३५ जना संक्रमणमुक्त


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २०९४८ जनामा पिसिआर परिक्षण र ५३० जनामा एन्टीजेन परिक्षण जम्मा २१४७८ जनामा परीक्षण गर्दा ८५२० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ३९ हजार ६५८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६१३५ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ३ लाख २७ हजार ६५३ जना पुगेको छ । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा २०३ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ४६६९ जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा २७ लाख ३३ हजार ५१० पिसिआर परीक्षण भएको छ । सक्रिय कोरोना संक्रमितको संख्या १ लाख ७ हजार ३३६ जना रहेको छ भने ५१६ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना सक्रिय संक्रमितमध्ये ९८ हजार ८६९ जना होम आइसोलेसनमा र ८ हजार ४६७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै १ हजार ३३४ जना आईसीयूमा र ३७१ जना भेन्टिलेटरमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !