४ मंसिर २०८१, मंगलबार

कोरोना संक्रमितलाई रेम्डेसिभिर औषधि चाहिएमा यी नम्बरमा फोन गर्नुहोस्


रेम्डेसिभिर

काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) संक्रमित भई अस्पताल भर्ना भएका बिरामीलाई रेम्डेसिभिर औषधिको आवश्यकता परेमा खरिद गर्न सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।

स्वास्थ्य मन्त्रालयले तोकेको आधिकारिक आयातकर्ता आयन हेल्थकेयर सम्पर्क गर्न मन्त्रालयले अनुरोध गरेको हो । कोरोनाको उपचारका लागि हालसम्म कुनैपनि औषधि प्रमाणित नभएको समेत स्वास्थ्य मन्त्रालयद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।

औषधि आयातकर्ताबाट रेम्डेसिभिर प्राप्त गर्नका लागि कोभिड अस्पताल वा ती अस्पतालमा उपचाररत संक्रमितका लागि सम्बन्धित चिकित्सकको प्रिस्क्रिप्सन सहित औषधि लिन जाने व्यक्तिको परिचय पत्रको प्रमाण सहित सम्पर्क गर्नुपर्ने हुन्छ ।

प्रति भाइल चार हजार ९ सय रुपैयाँका दरले खरिद गर्न सकिने मन्त्रालयले बताएको छ । रेम्डेसिभिर औषधि खरिद गर्नका लागि यी नम्बरमा सम्पर्क​ गर्नुहोस् :

१. डा. अबुल अन्सारी – ९८००५५५९१०,

२. सुवास – ९८१०१९४४१६

३. डा. बिमल – ९८४१५०६३७०

४. कमल – ९८५११२४६३९, ९८५११२४६३९

 रेम्डेसिभिर औषधि चाहिएमा यी नम्बरमा फोन गर्नुहोस्


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !